तेस्रो अन्नपूर्ण म्याराथनः पुरुषतर्फ जुम्लाका बुढा र महिलातर्फ भण्डारीलाई उपाधि

पाेखरा | जेठ २०, २०८०

तेस्रो अन्नपूर्ण म्याराथनः पुरुषतर्फ जुम्लाका  बुढा र महिलातर्फ भण्डारीलाई उपाधि Photo: Prem Thapa

पोखरा:    जुम्लाका धावक धिराबहादुर बुढा र गणना भण्डारीले तेश्रो अन्नपूर्ण म्याराथनको उपाधि जितेका छन् । 


शनिबार सम्पन्न भएको अन्नपूर्ण सेञ्चुरी महोत्सव अन्र्तगत म्याराथन प्रतियोगितामा पुरुषतर्फ जुम्लाका धिरा बहादुर बुढाले जितेका हुन् । 


जुम्लाका धावक धिरा बहादुर बुढाले ४ घण्टा १० मिनेट ५१ सेकेण्डमा दुरी पार गर्दै उपाधि जितेका हुन् । यस्तै नेपाल आर्मीका धावक होमलाल श्रेष्ठले ४ घण्टा १२ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भएका छन् भने, आर्मीका धावक नै बेद बहादुर सुनुवारले ४ घण्टा १६मिनेट ४८ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएका छन् । 


यस्तै महिलातर्फको म्याराथन प्रतियोगितामा पनि जुम्लाका धावक गणना भण्डारीले उपाधि जितेका छन् । उनले ५ घण्टा ४३ मिनेट २ सेकेण्डमा दुरी पार गर्दै उपाधि चुमेका हुन् । यस्तै धादिङकी रशिला तामाङले ६ घण्टा ५ मिनेट २ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भईन् भने, ओखलदुङ्गाकी चोकी शेर्पाले ६ घण्टा ११ मिनेट १६ सेकेण्डमा दुरी पूरा गर्दै तेस्रो भईन् । 


म्याराथन पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाएका छन् । यस्तै महिलातर्फ प्रथम हुने धावकले ७५ हजार,  दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।


अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर म्याराथन माछापुच्छ«े आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न भएको थियो ।  


सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथनको समेत आयोजना गर्दै आएको छ । दुईवर्ष कोरोना भाइरसका कारण रोकिएको म्याराथन तेस्रो संस्करणको म्याराथन आज अन्नपूर्ण आरोहण दिवसको अवसरमा सम्पन्न भएको हो । 
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्